Home: Travel Doozie
English Version:http://www.w3.org/Style/customdtd.html
यो डब्लू.३.सी सक्कल दस्तावेजको अनुवाद हो र डब्लू.३.सी को सम्पत्ति हो| यस दस्तावेजलाई अनुवाद गर्दा गल्ती भएको हुन पनि सक्छ|
सी.एस्.एस. र एक्स.एस.एल. को "नयाँ के छ?" भन्ने खण्ड हेर्नुहोस् |
डब्लु.३.सी. स्टाइल पृष्ठ मा एक <ब्लिंङ्क> तत्व हुन्छ | <ब्लिंङ्क>? एच.टि.एम.एल. तत्व हैन यद्यपी केहि एच.टि.एम.एल. भ्यालिडेटरहरुका अनुसार यो पृष्ठ मान्य छ | चलाखी के हो?
वास्तबमा, यो पृष्ठ बर्ण-विन्यासको रुपमा मान्य छ, किनभने यो तत्व दस्तावेजमाउल्लेख गरिएको हुन्छ | जब सम्म तत्वहरु सहिरुपमा उल्लेख गरिन्छन्, यो पृष्ठ एस.जी.एम.एल./एक्स.एम.एल. को अर्थमा मान्य हुन्छ |
तर यो पृष्ठ सेमान्टिकल्ली मान्य हुँदैन | यो एक एस.जी.एम.एल. दस्तावेज हो, तर एच.टि.एम.एल. दस्तावेज हैन | त्यहाँ कुनै आधिकारिक मापदण्ड छैन जसले <ब्लिंङ्क> के हो भनेर परिभाषित गर्छ |
डब्लु.३.सी. स्टाइल पृष्ठले मजाकको रुपमा एक असामन्य तत्व प्रयोग गर्छ | यदि तपाईँलाई सी.एस.एस.को इतिहास थाहा छ भने तपाईंलाइ सम्झना हुन सक्छ सी.एस.एस.को एक कारण यथार्थरुपमा प्रत्येक ब्राउजरहरु, जसले <ब्लिंङ्क> जस्तो आफ्नै असामान्य तत्वहरु आविष्कार गर्यो, लाइ वेवास्ता गर्नु थियो |
प्राविधिकरुपमा, असामान्य तत्वहरुलाई जोड्ने काम "कस्टम डी.टि.डी." लेखेर र यसलाई दस्तावेजको पहिलो लाइन (डी.ओ.सी.टि.वाई.पि.इ. लाइन) मा राखेर गरिन्छ | उदाहरणको लागि, एच.टि.एम.एल.४.डी.टि.डी.लाई कपि तथा रुपान्तरण गरेर एक कस्टम डी.टि.डी. बनाउन सकिन्छ |
यस्तो नगर्नु होला! दस्तावेजहरुको अर्थको साथ साथै सहि शब्दविन्यास हुनु जरुरि हुन्छ | एस.जी.एम.एल. तथा एक्स.एम.एल. ले शब्दविन्यासलाई परिभाषित मात्रै गर्दछन् | एच.टि.एम.एल. तथा एक्स.एच.टि.एम.एल. ले अर्थ परिभाषित गर्छन् | यदि तपाईंले मापदण्ड द्वारा परिभाषित नगरिएका तत्वहरु जोड्नुहुन्छ भने, तपाईं आफूलाई मात्र तिनीहरुको अर्थ थाहा हुन्छ | र २० अथवा ५० बर्षमा, तपाईंलाई यो थाहा नहुन पनि सक्छ...
निश्चयनै, तपाईंले परीक्षण गर्न सक्नुहुन्छ, उदाहरणको लागि भविष्यका वेब प्रारूपहरुमा कामगर्नका लागि, तर त्यो भन्दा बाहेक तपाईंले प्रोप्राईटरी तत्वहरुको प्रयोग गर्नु हुँदैन |